पोखराको रामघाटमा सेतीगण्डकी महाआरती
पाेखरा | असोज ९, २०७९
पोखरा : सांस्कृतिक युवा मञ्च नेपालद्वारा रामघाटमा प्रत्येक महिनाको शनिबार माता सेतीगण्डकी दिव्य महाआरती सञ्चालन गर्दै आएको छ । बालुवा बोकेर दैनिकी चलाउने मजदुर र शव दाहसंस्कार गर्नेहरूले व्यस्त देखिने पोखराको मध्यभागमा अवस्थित उक्त घाटमा प्रत्येक शनिबार पितृ उद्धार एवं सुख, शान्तिको कामनासहित सन्ध्या महाआरती सञ्चालन गरिँदै आएको छ ।
तीन जना पण्डितद्वारा गरिने गरिने सन्ध्याआरतीमा विशेषगरी धुप, घ्यू, ल्वाङदानी, कपुर, फूलपाती, मयुर पङ्ख, सेतो चमर, अलैँचीदाना, लाछीघागोलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने सांस्कृतिक युवा मञ्च नेपालका अध्यक्ष रामकृष्ण अर्यालले जानकारी दिनुभयो ।
सङ्गीतमयरूपमा शङ्ख उद्घोषबाट सुरु र अन्त्य गरिने आरतीमा ५४ वटा बत्ती रहने बताउँदै उहाँले भन्नुभयो, साँझमा सञ्चालन गरिने आरतीमा दिनप्रतिदिन भक्तजनहरूको सहभागिता बढ्दै गएको छ ।
समाजसेवी रामप्रसाद बतास र श्रीमती सेतीमाया बतासद्वारा पितृ उद्धारका लागि दुई लाख ५० हजारको आर्थिक सहयोगबाट आरती सञ्चालन हुँदै आएको उहाँको भनाइ छ । प्रतिदिन आरती सञ्चालनमा रु आठ हजार खर्च हुने गरेको छ । जेष्ठ नागरिक सरोकार समाज नेपालका अध्यक्ष तथा मञ्चका सल्लाहकार भक्तराज श्रेष्ठका अनुसार दिनभरिको तनाव मुक्तिका लागि आरती महत्वपूर्ण आधार बन्ने गरेको बताउँदै यस्ता गतिविधिले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्दछ ।
पशुपतिनाथको महाआरतीको झझल्को दिने गरी सुगन्ध र सङ्गीतमयरूपमा सञ्चालन हुने आरती विसं २०७५ असोज २४ घटस्थापनका दिनदेखि पोखरामा भित्रिएको हो । पहिलोपटक फेवातालको किनारास्थित तालबाराहीघाटबाट सुरु भएको आरती पछिल्लो समय रामघाटसहित प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासी मन्दिर, गुप्तेश्वर गुफा, सदाशिव हरिहर मन्दिर, नर्वदेश्वर मन्दिर, बेगनासताललगायत विभिन्न धार्मिक क्षेत्रमा सञ्चालन गरिसकिएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

